राजनीति


संसद्लाई छलेर करका दर हेरफेर गर्दै सरकारले आर्थिक अपराध गरेको छ : वर्षमान पुन

संसद्लाई छलेर करका दर हेरफेर गर्दै सरकारले आर्थिक अपराध गरेको छ : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १३:५१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर करका दरमा हेरफेर गरेको भन्दै आपत्ति जनाएका छन्। 

‘सरकारले संसद्लाई छलेर केही करका दरहेरफेर गरेको समाचार सञ्चारमाध्यममा आएका छन्,’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन तथा सुनका गरगहना लगायतका बिलासिता सुनको २ प्रतिशत कर लगाएको थियो।’

‘सलाईको काँटी बनाउन जुन काठ प्रयोग हुन्छ त्यसको भन्सार महसुल घटाइएको कुरा आएकोछ। किसमिस लगायतका सुख्खा फ्रुट लगायतमा अन्तशुल्क घटाइएको जस्ता कुरा आएका छन्,’ पुनले थपे। 

यसरी करका दरहेरफेर गर्नु आर्थिक अपराध भएको उनको भनाइ छ। ‘संसद् चलिराखेकोछ, भर्खरै संसदबाट बजेट पास भएको छ,’ पूर्वअर्थमन्त्री समेत रहको पुनले भने, ‘पहिलो चौमासिकमै सरकारले यसप्रकारको हेरफेर गरेको छ। यसले हाम्रो दलको गम्भीर ध्यानाकषर्ण भएको छ। संसद चलिराख्दा, संसद छलेर करका दर हेरफर गर्नु आर्थिक अपराध हुन जान्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad