राजनीति


चीन र भारतको अतिक्रमणकारी रवैया उजागर भयो : नेकपा

चीन र भारतको अतिक्रमणकारी रवैया उजागर भयो : नेकपा

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८२ बिहिबार १९:८, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाललाई बेवास्ता गरेर चीन र भारतले लिपुलेक हुँदै सिमापार व्यापार पुनः सुरु गर्ने सहमतिबाट उनीहरूको अतिक्रमणकारी रवैया उजागर भएको टिप्पणी गरेको छ। 

‘नेपालको सार्वभौम र अखण्ड भूभागका बारेमा दुई देश बीच सिमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्दा नेपाल र नेपाली जनतालाई सूचना समेत नहुनुले यी दुई देशको अहंकार, हस्तक्षेपकारी एवं अतिक्रमणकारी रवैया उजागर भएको छ,’ बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ। 

देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथिको आक्रमणको पार्टीले घोर निन्दा गर्ने भन्दै नेकपाले यस्तो सहमति खारेजीका लागि पहल गर्न समेत सरकारसँग आग्रह गरेकोक छ।

बिज्ञप्तिमा भनिएको छ,‘दुई देशका विदेश मन्त्रीहरु बीच गरिएको अन्यायपूर्ण र राष्ट्रघाति सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई हामी विशेष अपिल गर्दै सो सहमति खारेजीका निम्ति पहल लिन नेपाल सरकार संग जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad