राजनीति


दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

नेपालखबर
भदौ ४, २०८२ बुधबार १६:२५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन पुनः कायम राखेको छ।

बुधबार संसदीय दलका नेता गंगाराम चौधरीलाई बर्खास्त गरेर अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारी लिएलगत्तै सरकारलाई समर्थन कायम राखेको भन्दै संसद सचिवालयमा पत्राचार गरेकी हुन्। 

सरकारमाथि समर्थन तथा विश्वासको मत जाहेर गरेको सम्बन्धमा भन्ने विषय राखेर श्रेष्ठले संसद सचिवालयमा पत्राचार गरेकी हुन्। नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्ष बेञ्चमा बस्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad