राजनीति


उपसभामुख इन्दिरा राना हटाउन खोज्नु संवैधानिक व्यवस्थाको दुरुपयोग: राजेन्द्र लिङ्देन

उपसभामुख इन्दिरा राना हटाउन खोज्नु संवैधानिक व्यवस्थाको दुरुपयोग: राजेन्द्र लिङ्देन

फाइल तस्बिर: राजेन्द्र लिङ्देन


नेपालखबर
भदौ ३, २०८२ मंगलबार २०:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना हटाउन गर्न लागिएको प्रयासको विरोध गरेका छन्। 

सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख राना हटाउन संसद्‌मा महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। 

यसका लागि उनीहरूले खाली पानामा आफ्ना सांसदको हस्ताक्षर संकलन गरेका छन्। 

‘संवैधानिक परिषद्‌मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’, लिङ्देनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad