राजनीति


इन्दिरा रानाको ठाउँमा कांग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो : पाण्डे

इन्दिरा रानाको ठाउँमा कांग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो : पाण्डे

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १७:३५, काठमाडौँ

प्रतिपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन्। 

मंगलबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताए।

‘उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेको नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट हस्ताक्षर अभियान सुरु भइसकेको कुरा सुन्यौँ,’ पाण्डेले भने, ‘प्रतिपक्ष दलका सबै बसेर जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर गर्न खोजेको के भन्दा संवैधानिक परिषद्‍मा प्रतिपक्षको बहुमत छ, स्वयं प्रधानमन्त्री अल्पमतमा छन्, बहुमत बनाउन के गर्ने भन्दा प्रमुख प्रीतपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष एकातिर भएपछि उहाँहरुको बहुमत हुन सकेन, इन्दिरा रानाको ठाउँमा कोही नेपाली कांग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो। कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने हो। म दलको उपनेता हुँ, मलाई थाहा छैन।’



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad