राजनीति


सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर आतंक मच्चाउन खोज्यो : माओवादी सांसद आले

सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर आतंक मच्चाउन खोज्यो : माओवादी सांसद आले

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १६:२९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरु कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गरे।

‘झन्डै दुई तिहाईको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतंक मच्चाउन खोजेको हामीलाई आभास भएको छ,’ उनले भने, ‘केही समय अगाडि संवैधानिक निकायका पदाधिकारीहरुको सम्बन्धमा परेको एउटा मुद्दामा सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधी समेत अल्पमतमा रहनेगरी एउटा फैसला आएको थियो र न्याय सम्पादन कार्यमा एउटा मजाको स्थिति सिर्जना भएको थियो। त्यसैगरी पुरुषहरुलाई बहुविवाह गर्न पाउने अधिकारको कानुनी मस्यौदाको कुरा पनि अगाडि आएको थियो। जसलाई हामी सबैले विरोध गर्यौं र यतिबेला ओझेलमा परेको छ। फेरि प्रतिनिधि सभाका सम्माननीय उपसभामुखज्यूलाई महाअभियोग लगाएर हटाउने भन्ने दुष्प्रयास भइरहेको छ भन्ने हामीले सुनेका छौं। यदि त्यस्तो भयो भने ठूलो बिडम्वना हुनेछ। यी सबै राज्य आतंक फैल्याउने कार्य बन्द गरियोस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad