नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही-३ को उपचुनाव लड्न अयोग्य भएको छ।
निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरुको सूची सार्वजनिक गरेकोमा नागरिक उन्मुक्ति पार्टी छुटेको हो। आयोगले २७ वटा दल दर्ता हुन निवेदन आएकोमा २६ वटा मात्रै दर्ता हुन योग्य भएको बताएको छ।
अयोग्य रहेको दलमा नागरिक उन्मुक्ति पार्टी रहेको आयोगमो भनाइ छ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका ३ कारण दिएको छ।
आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपा चुनाव लड्न आयोग्य हुनुमा नयाँ कार्यसमितिले बैधानिकता नपाउनु र अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र बार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्न नसक्नु रहेको नेपालखबरलाई बताए।
नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अपदस्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए।
रुपन्देही-३ को उपचुनावका लागि २६ दल दर्ता
लालवीरको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए। तर, आयोगले यसलाई बैधानिकता दिन अस्वीकार गरेर रञ्जिता नेतृत्वको कार्यसमितिले नै बैधानिकता पाउने निर्णय गरेको थियो।
भण्डारीका अनुसार यो उपचुनावभर नाउपाले निर्वाचनमा भाग लिन पाउने छैन। कार्तिक १७ गते उपचुनाव हुँदैछ।
Shares

प्रतिक्रिया