समाज


नेपाल र चीनका ३ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

नेपाल र चीनका ३ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

नेपालखबर
भदौ २, २०८२ सोमबार १९:७, काठमाडौँ

चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी) को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका ३ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ।

सिएफआरडीले सोमबार काठमाडौँमाआयोजना गरेको कार्यक्रममा ललितपुरका २ र नुवाकोटको १ गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो। 

चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो। आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले यस्ता कार्यले २ देशका जनस्तरको सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा सिएफआरडीसँग मिलेर २ देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताए।

ललितपुर महानगरपालिका-२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए। समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको उल्लेख गरे।

सो अवसरमा  सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए। सो परियोजनाले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय सागसब्जीखेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ।

कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad