राजनीति


राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिको बैठक आजदेखि सुरु

राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिको बैठक आजदेखि सुरु

नेपालखबर
साउन ३१, २०८२ शनिबार १९:४२, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको छ।

बैठकको सुरुमा अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र ४ जना केन्द्रीय निकाय प्रमुखहरुलाई आ-आफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथग्रहण गराए।

नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बु, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशी लगायतको भाषा र आ-आफ्नै भेष भुषामा पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरुको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण, विचार मिल्ने पार्टी/संगठनहरुसँग कार्यगत एकता/ मोर्चावन्दी, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्धबारे कार्यविधी, प्रशिक्षक प्रशिक्षण कार्यक्रमसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको छ। 

बैठक ५ दिनसम्म लगातार चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad