राजनीति


रास्वपा सांसद खनाल : १९ सांसद हुँदा त कांग्रेस-एमाले तर्सिएका छन्, ०८४ मा १९० सिट हुँदा के होला?

रास्वपा सांसद खनाल : १९ सांसद हुँदा त कांग्रेस-एमाले तर्सिएका छन्, ०८४ मा १९० सिट हुँदा के होला?

नेपालखबर
साउन ३१, २०८२ शनिबार १५:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।

शनिबार काठमाडौँको जडिबुटीमा मेलुङ शैलुङ-काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

१९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौति दिइरहेको भन्दै उनले १९० जना सांसद आउँदा के अवस्था  हुन्छ भन्दै प्रश्न समेत गरे।

‘राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ, तर संख्याको हिसाबले त होइन,’ खनालले भने, ‘संख्याको हिसाबले हामी जम्मा २१ जना सांसद हो। त्यसमाथि रविजीलाई निलम्वित गरिदिएका छन्। एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना। १९ जनामाथि यति गाली बर्सिन्छ। आज मानिलिऔँ सबै देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर कांग्रेस, एमालेका नेताहरु आजकाल हरेक दिन हामीलाई गाली वर्षाउनुहुन्छ। हाम्रो १९ जना देखेर मानिस डराएका होइनन्, हालाँकी १९ जनाले पनि तर्साइ त राखेका छौँ तर उहाँहरुको मनमा के ढ्याँग्रो पिट्न थाल्यो भने १९ को सट्टा १९० आउने भए यिनीहरु। १९ को सट्टा अब ०८४ मा १९० हुने भए। १९ ले त यस्तो धौधौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला?’

सांसद खनालले कार्यकर्ताहरुलाई विचलित नभइ अघि बढ्न निर्देशन दिए। उनले नेताहरुमाथि जति पनि आक्रमण हुन्छ त्यो नेताहरु सफल हुनुको मानक भएको जिकिर समेत गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad