सहकारी ठगी प्रकरणमा भैरहवा कागारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएपछि त्रिभुवन विमानस्थलमा समर्थकहरु जम्मा भएका छन्।
रविलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइँदै छ। उनलाई स्वागत गर्न रास्वपाका नेता-कार्यकर्ता विमानस्थलमा भेला भएका छन्। 
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो।
लामिछानेलाई नक्खु कारागारमा राखिने छ।






297
Shares

प्रतिक्रिया