निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अध्यावधिक गरेको छ।
दलको केन्द्रीय समितिमा भएको परिवर्तनहरू अध्यावधिक गर्न निवेदन दिएकोमा आज अद्यावधिक भएको सूचना प्राप्त भएको रास्वपाले बताएको छ।
रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकालाई अघिल्लो वर्षको असारमा हटाएको लगायतका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको थियो।
तर, आयोगले लामो समयसम्म त्यो विवरण अद्यावधि नगरिदिएपछि त्यसलाई आधार बनाउँदै ढकालले आफू नै रास्वपा महामन्त्री भएको दाबी गरेका थिए।
उनी यही बिषयलाई लिएर अदालतमा समेत पुगेका थिए। आफूले रास्वपामा महामन्त्रीको रुपमा काम गर्न पाउनुपर्ने दलिलसहित निवेदन दिएका थिए।
तर, सर्वोच्चले मंगलबार उनको निवेदन नै खारिज गरिदिएको थियो। अदालतले उनको निवेदन खारेज गरिदिएसँगै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो।
अद्यावधिक विवरणमा कविन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाइएको छ।



Shares

प्रतिक्रिया