सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएसँगै डा. मुकुल ढकाल कानुनी रूपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाहिरिएका छन्।
रास्वपाले २०८१ भदौ ११ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि संस्थापक महामन्त्री ढकालले आफूलाई यही पदमा कायम गरी पाऊँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
तर मंगलबार (२७ साउन, २०८२) सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले उनको मागदाबी नपुग्ने ठहर गरी आदेश जारी गर्न अस्वीकार गरेको हो।
रिट खारेज भएसँगै अब ढकाल कानुनी रूपमा पनि रास्वपाको साधारण सदस्यसमेत नरहने गरी दलबाट बाहिरिएका छन्।
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्नुअघि ढकाललाई रास्वपाले २०८१ कै असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्कासन गरेको थियो।
Shares

प्रतिक्रिया