समाज


बिहानै पौडी खेल्न गएका ११ वर्षीय बालकलाई भालु खोलाले बगायो

बिहानै पौडी खेल्न गएका ११ वर्षीय बालकलाई भालु खोलाले बगायो

नेपालखबर
साउन २८, २०८२ बुधबार ९:८, झापा

झापामा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु भएको छ। 

आज बिहान सात बजेतिर स्थानीय भालु खोलामा पौडी खेल्ने क्रममा दमक नगरपालिका- १० बस्ने इन्द्र प्रसाइँका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाइँलाई खोलाले बगाउँदा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धर्मेन्द्र सोही ठाउँका कृष्ण प्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकालसँगै पौडी खेल्न स्थानीय भालु खोलामा गएका थिए।  

पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोलाले झण्डै ६ सय मिटरसम्म बगाएको पाइएको प्रहरीले जनाएको छ। 

स्थानीयले बालकको उद्धार गरेर उपचारको लागि निम्स अस्पताल दमक पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। सँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल छन्। 

बालकको शव हाल निम्स अस्पतालमै राखिएको छ। घटनाका सम्बन्धमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईसहितको टोली अहिले घटनास्थलमा खटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad