राजनीति


चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

डा पुजनकुमार रोकाया, प्राडा भरतबहादुर खत्री, प्राडा बुद्धि पौडेल, प्राडा विक्रमप्रसाद श्रेष्ठ


नेपालखबर
साउन २७, २०८२ मंगलबार २०:५७, काठमाडौँ

सरकारले विभिन्न चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ।

कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उपकुलपति नियुक्त गरेका हुन्।

स्रोतका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

यस्तै, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री नियुक्त भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।

उपकुलपतिको पदावधि चार वर्ष हुन्छ।

प्रधानमन्त्री ओलीले उपकुलपति सिफारिस गर्न सहकुलपति अर्थात् स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका थिए।

सम्बन्धित खबर: 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad