नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष नन्दबहादुर पुनलाई आर्थिक उत्पादन विभागको जिम्मेवारी दिएको छ।
माओवादी केन्द्रको साउन १६-१९ गतेसम्म बसेको स्थायी समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकबारे जारी गरिएको अन्तरपार्टी निर्देशनमा पुनको सिफारिसको आधारमा उक्त विभागको उपप्रमुख र सदस्यहरू निश्चित गर्ने समेत उल्लेख गरिएको छ।
त्यस्तै माओवादीले पार्टी कमिटिहरुलाई ‘एक कमिटी एक, उत्पादन इकाई’ को रुपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने समेत निर्णय गरेको छ।
त्यस्तै पार्टीको सबै तहमा संगठित जनशक्ति विन्यास गर्दा आर्थिक उत्पादन अभियानको क्षेत्रमा प्राथमिकता दिने समेत उल्लेख गरिएको छ।
312
Shares

प्रतिक्रिया