राजनीति


गृहमन्त्री लेखकसँग कार्यवाहक राजदूत मुनासिंघेको शिष्टाचार भेट

गृहमन्त्री लेखकसँग कार्यवाहक राजदूत मुनासिंघेको शिष्टाचार भेट

नेपालखबर
साउन २१, २०८२ बुधबार १९:१४, काठमाडौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशको मित्रवत् सम्बन्धकाे चर्चा भएको थियो। 

गृहमन्त्री लेखकले बुद्ध भगवानकाे जन्मस्थल लुम्बिनीकाे विकासमा श्रीलंकाले पुर्‍याएको याेगदानका लागि धन्यवाद दिए।

साथै आगामी दिनमा नेपाल-श्रीलंकाबिचकाे दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जाेड दिए। 

यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबिचकाे सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन्। श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीकाे विकासमा श्रीलंकाकाे साथ सधैँ रहने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad