हाल (बुधबार बेलुका) बागमती प्रदेशका पहाड भूभागका थोरै स्थान तथा कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज रातिको सम्भावित मौसमबारे प्रदेशगत विवरण यस्तो छ:

444
Shares

प्रतिक्रिया