जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको लागि वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले वन तथा वातावरणमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
बुधबार मन्त्रालयमा पुगेर जेटीयूसीसीका प्रतिनिधिहरुले वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै मन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापन पत्र बुझाएको हो। जेटियुसिसीले हरित रोजगारी सिर्जना र प्रवर्द्धनमा विशेष जोड दिन पनि माग गरेको छ।
प्रतिवेदन बुझाउँदै जेटीयूसीसीका महासचिव इन्द्रदेव मिश्रले जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखेर श्रमशक्तिको विकासलाई प्रोत्साहन गर्न माग गरे।
जलवायु परिवर्तन सम्बन्धी हुने गतिविधिहरु प्रभावकारी बनाउन जलवायु परिवर्तनको विषयसँग सरोकारवाला फोरमहरुमा जेटीयूसीसीको प्रतिनिधित्व गराउन माग गरे।
जेटियुसिसीले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तयार पार्दा जेटियुसिसीको प्रतिनिधित्व हुनुपर्ने, ट्रेड युनियनका रायहरु प्राथमिकताका साथ राखिनुपर्ने, जलवायु परिवर्तनको न्यूनीकरणका लागि जेटीयूसीसीसहित सरोकारवालाहरुको त्रिपक्षिय संयन्त्र निर्माण गरी सार्वजनिक संवादलाई प्रोत्साहन गर्नुपर्ने माग गरेको छ।
हरेक वर्ष हुने जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कोप मा नेपाली श्रमीकको तर्फबाट जेटीयूसीसीको प्रतिनिधित्वको व्यवस्था गर्न पनि माग गरेका छन्।
जेटीयूसीसीले जलवायु प्रदुषणको कारणले हुने रोगहरु एवं दुर्घटनाको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ।
Shares

प्रतिक्रिया