राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले कोरोना विशेष कोषमा आफ्नो १५ दिनको तलब दिएका छन्।
कोरोना भाइरस ९कोभिड–१९० रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राप्रपा प्रदेश सांसदहरुले १५ दिनको तलब दिने घोषणा गरेका हुन्।
प्रदेश सांसदहरुले आफ्नो प्रदेश अन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेशमा रिता माझी, रिना गुरुङ्ग, प्रदेश नंं १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही सांसद छन्।
प्रतिक्रिया