नेकपा (माओवादी केन्द्र)ले वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोक मार्गकेन्द्रित जनजागरण अभियान भदौ तेस्रोबाट पुनः सुरु गर्ने भएको छ।
माओवादीको आज सकिएको स्थायी समिति बैठकले अभियान पुनः सुरु गर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
माओवादीको गत जेठ २ गतेदेखि बैतडीबाट अभियान सुरु गरेको थियो। वर्षा लागेको भन्दै पोखरासम्म आएको अभियान स्थगित गरिएको थियो।
त्यस्तै दसैंपछि केन्द्रीय समिति बैठक बसेर राष्ट्रिय महाधिवेशनबारे टुंगो लगाउने निर्णय भएको समेत श्रेष्ठले बताए।
78
Shares

प्रतिक्रिया