राजनीति


कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

नेपालखबर
साउन १८, २०८२ आइतबार २२:४४, काठमाडौँ

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी छ।

बिहान ७ः३० बजेदेखि सुरु भएको बैठक दिउँसो १२ बजे आसपास खाना ब्रेक भएको थियो। त्यसपछि दिउँसो २ बजेपछि फेरि सुरु भएको बैठक यो खबर तयार पार्दा (१०ः३० बजे)सम्म पनि जारी छ।  

समितिले छानबिन प्रतिवेदन तयार पार्न पाएको समयको आज अन्तिम दिन पनि हो। राति १२ बजेपछि समितिले पाएको समय सकिँदै छ। 

गत २३ असारमा गठित समितिलाई २१ दिनको समय दिइएको थियो। समय अभाव भएको भन्दै पछि एक हप्ता थपिएको थियो।  

दिउँसो एकाएक सत्तारुढ दलद्वय नेपाली कांग्रेस र नेकपा एमालेका सदस्य सांसदहरू बारिएर विपक्षीलाई थाहै नदिई दलका नेतासँग छलफल गर्न एमाले संसदीय दलको कार्यालय पुगेका थिए। उनीहरू समितिको बैठकमा फर्किएपछि अहिले सत्तारुढ र प्रतिपक्षी दलका सांसद भएको समितिको बैठक जारी छ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार यस समितिको संयोजक छन्। समितिमा कांग्रेस-एमालेबाट दुई-दुई, नेकपा माओवादीबाट एक, रास्वपा र राप्रपाबाट एक-एक जना सांसद सदस्य छन्।  

कांग्रेसबाट परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्। 

सकेसम्म आजै प्रतिवेदनलाई अन्तिम रूप दिने र सोमबारको प्रतिनिधि सभामा पेस गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad