नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुट केन्द्रित भएको र सोहीअनुसार कार्यविभाजन गर्न थालेको आरोप लगाएका छन्। पार्टीको जारी स्थायी समिति बैठकमा बोल्नेक्रममा उनले अध्यक्षले गुटका दृष्टिकोणले कार्यविभाजन गरेको आरोप लगाएका हुन्।
'समस्याको प्रारम्भ कहाँबाट र कोबाट भयो? कार्यविभाजनमा नै समस्या भयो अध्यक्षले गुटका दृष्टिकोणले कार्यविभाजन गर्नुभयो,'शर्माले भने, 'एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्युमिलियट गरियो। विभेदकारी र पूर्वाग्रही कार्य विभाजन भयो। केन्द्रीय समिति बैठक लगत्तै अध्यक्षले धेरै ठाउँमा महाधिवेशन गर्दैन भन्नुभयो।'
उनले पार्टीको अभियान प्रभारकारी हुँदै गर्दा पछि कार्यकर्ता केन्द्रित भएको विषयमा ध्यानदिनुपर्ने पनि बताए।
'प्रारम्भमा अभियान प्रभावकारी भयो मधेस प्रदेशपछि घट्दै गएर पश्चिममा पुग्दा कार्यकर्ता केन्द्रित मात्र हुन पुग्यो नेतामुखी हुनपुग्यो,' उनले भने, 'टिम परिचालनमा मनोमानी गरियो र अभियानमा जान प्रतिबन्ध लगाइयो।'
प्रचण्ड गुट केन्द्रित भएको जनार्दनको आरोप
प्रचण्डलक्षित जनार्दनको कटाक्ष: ३१ लाख मत ११ लाखमा झर्नुको कारण मै हो भने आत्मालोचना गर्छु
जनार्दनको गुनासो: म अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज गरियो
Shares

प्रतिक्रिया