कारोबार


फिने गण्डकीमा पनि विस्तार

फिने गण्डकीमा पनि विस्तार

नेपालखबर
साउन १८, २०८२ आइतबार १८:४८, काठमाडौँ

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ। 

पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो। १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने रहेका छन्। महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार छन्।

कोषाध्यक्षमा पोशराज पौडेल, सहकोषाध्यक्ष रुद्र रेग्मी, प्रवक्ता कृष्णप्रसाद आचार्य चयन भएका छन्। सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर रहेका छन्।

भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उनले वैदेशिक अनुभव, सीप र पूँजीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै आवश्यक परे कानुनी संशोधन गर्न आफू तयार रहेको बताए। उनले भने, ‘कि विदेश आउनुस् कि गेरुवस्त्र लगाएर बस्नुस् भन्नेहरुलाई चुनौती दिँदै नेपालमै सम्भावना खोज्ने जुन प्रयास फिनेले गरेको छ, त्यो प्रशंसनीय छ।’

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरुलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सीप नेपालमा लगानी गर्न आह्वान गरे। उनले स्टार्टअप क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे। ज्ञवालीले भने, ‘स्टार्टअपका लागि कोष नै बनाएर लगानी गर्न आवश्यक छ।’

केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले फिनेले छोटो समयमै देश तथा विदेशमा आफ्नो सञ्जाल विस्तार गरेको बताए। नेपाली युवा उद्यमीहरूलाई एकत्रित गरेर देशभित्रै उद्यमशीलता र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अभियानमा फिने लागेको उनको भनाइ थियो।

यस्तै उपाध्यक्ष शमीम अन्वरले फिनेले फिनेले व्यवसायिक सहकार्य, ज्ञान हस्तान्तरण, प्रदर्शनी र बजारीकरणमा काम गर्ने बताए।
आईईसी वरिष्ठ उपाध्यक्ष गोकर्णप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फिनेको स्थापनाको औचित्यबारे प्रष्ट पारेका थिए।

आईईसी महासचिव दिपेन घलेले नेपाली उद्यमीहरुबिच सहकार्य, मार्गदर्शन र अवसरहरुको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरुलाई सशक्त बनाउँदै जाने लक्ष्य फिनेले लिएको बताए।

यस्तै फिने बागमतीका सल्लाहकार रामकुमार थपलियाले सबै क्षेत्रका उद्यमीहरुलाई समेट्दै जाने लक्ष्य  रहेको बताए। बागमती र गण्डकीपछि क्रमशः अन्य सबै प्रदेशमा पनि संगठन विस्तार गर्ने लक्ष्य लिएको नेपाल संयोजक रामशरण थापाले बताए।

कार्यक्रममा फिने अमेरिकाका अध्यक्ष सविन्द्र थापा, फिने हङकङका अध्यक्ष इन्दर पुन र फिने बागमतीका अध्यक्ष कृष्ण खतिवडाबीच प्यानल डिस्कसन भएको थियो। 

उद्यमीहरुबीच भएको सीप र उत्पादनलाई अन्तर प्रदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनेगरी सहकार्य गर्न आवश्यक रहेको मत उनीहरुको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad