राजनीति


पतञ्जलि भ्रष्टाचार प्रकरण: शालिग्राम सिंह र प्रेमबहादुर सिंहको थुनछेक बहस जारी

पतञ्जलि भ्रष्टाचार प्रकरण: शालिग्राम सिंह र प्रेमबहादुर सिंहको थुनछेक बहस जारी

शालिग्राम सिंह र प्रेमबहादुर सिंह


नेपालखबर
साउन १८, २०८२ आइतबार १८:१९, काठमाडौँ

पतञ्जलि भ्रष्टाचार प्रकरणका २ अभियुक्त आज विशेष अदालतमा उपस्थित भएका छन्।

अभियुक्तहरू पूर्वमन्त्री प्रेमबहादुर सिंह र पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह आफूमाथिको अभियोगको प्रतिवाद गर्न अदालतमा उपस्थित भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा उनीहरूको बयान भएको थियो।

अहिले उनीहरूलाई थुनामा राखेर बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर बहस भइरहेको छ।

पूर्वमन्त्री सिंहका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, ललित बस्नेत लगायतले बहस गरेका थिए। उनीहरूले सिंहलाई थुनामा राख्न नमिल्ने तर्क गरेका थिए।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो। त्यही निर्णयका कारण तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंहले भ्रष्टाचार मुद्दा खेप्नुपरेको छ।

उनी विधेयक समितिका संयोजक थिए।

यसै प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख रूपैयाँ धरौटीमा छुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad