नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अधिकांश सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्ष लिए पनि केही नेताले भने उपमहासचिव जनार्दन शर्माको समर्थन गरेका छन्।
यस क्रममा कतिपयले प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने जिकिर गरे भने कतिले चाहिँ एमालेका अध्यक्ष केपी शर्माको उदाहरणसमेत दिन भ्याए।
माओवादी केन्द्रका सचिव राम कार्कीले प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने धारणाको विरोध गर्ने क्रममा ओलीको भनाइ उद्धृत गरेका हुन्।
‘केपी ओलीजीले आफूबिनाको एमालेको कल्पना नगर्नुस् भन्नुभयो। के ओली जाँदा एमाले पनि सँगै जान्छ’, कार्कीले माओवादी स्थायी समिति बैठकमा भने, ‘कोही पनि नेता अजम्बरी छैनन्। नेतृत्व अपरिहार्य छ, यही नेता विशेष सँधैँ नेतृत्व भने अपरिहार्य छैन। यो परिवर्तन हुन्छ, हुनुपर्छ।’
सचिव कार्कीले अध्यक्ष प्रचण्ड स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव पनि दिए।
उनले भने, ‘प्रचण्ड स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गरौँ। उहाँ विशिष्ट पद लिएर बस्नुपर्छ। अध्यक्षले कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ।’
विस्तृत विवरण : माओवादी स्थायी समितिमा प्रचण्डको प्रशंसा, जनार्दनको आलोचना
Shares

प्रतिक्रिया