स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताएका छन्।
शनिबार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताए।
पार्टीको नेता भइसकेपछि सबै सदस्यहरुलाई समान व्यवहार गर्न सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सिमित मानिसहरुलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त। त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त।’
पौडेलले थपे, ‘राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन। हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटी छ।’
मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए।
Shares

प्रतिक्रिया