राजनीति


माधवप्रति झलनाथको टिप्पणी- भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ

माधवप्रति झलनाथको टिप्पणी- भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८२ शनिबार १७:२१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्। 

आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख लागेको बताए। 

‘३२ सालदेखि संगै आएको नेताले कम्युनिष्ट पार्टीको नीति, नियम, पद्धति, सिद्धान्त राम्रैगरि बुझेको हुनुपर्छ भन्ने थियो,’ खनालले आक्रोसित हुँदै भने, ‘उहाँले पार्टी छोड भनेर आदेश दिनुभएछ। उहाँले अदेश दिने बित्तिकै कुनै कम्युनिष्ट पार्टीको सदस्य, नेताले छोड्छ? यही हो उहाँको हैसियत?’

आफूले अध्यक्ष नेपाललाई भव्य नेताको रुपमा हेर्ने गरेको र यस्तो अभिव्यक्तिले तल्लो स्तरको चिन्तन रहेको पाएको बताए। ‘यही हो कुनै पार्टीको नेताको हैसियत?,’ खनालको प्रश्न छ, ‘बडो दुःख लागेर आयो। मैले त उहाँलाई भव्य नेताको रुपमा हेरेको थिएँ। यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग छ। त्यो त एउटा पेटी बुर्जुवा चिन्तन हो।’

आफूले माधव नेपालको मुखबाट पार्टी छोड भन्ने अभिव्यक्ति आउला भन्ने कल्पना नै नगरेको उल्लेख गरे। खनालले भने, ‘एउटा नेताले कहिले यस्तो अभिव्यक्ति गर्दैन्, माधव नेपालको मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने कहिले आसै थिएन। कल्पना नै थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad