नेकपा (माओवादी केन्द्रकी स्थायी समिति सदस्य अञ्जना विशंखेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी विधान र महाधिवेशनको निर्णयमा टेकेर पार्टी सञ्चालन गनुपर्ने सुझाव दिएकी छिन्।
माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धाराणा राख्दै भनिन्, ‘अध्यक्ष प्रचण्डले पनि विधानमा टेकेर बस्नुपर्यो। महाधिवेशनको निर्णयलाई फलो गर्नुपरयो। विधि विधानलाई फलो गरिएको छैन।’
माओवादीमा आफूले पछिल्लो ८ वर्षदेखि पार्टी नबनेको भन्ने सुन्ने गरेको भन्दै त्यसको त्यसको जवाफ दिनुपर्दैन भन्दै उनले विशंखले प्रश्न समेत गरिन्। ‘जहिले पनि आन्दोलन बन्यो भन्छन्, संगठन बनेको छैन,’ उनको भनाइ छ, ‘म १८ वर्ष भइसक्यो एउटै पार्टी कमिटीमा बसेको। पार्टी बनेन भनेको मैले सुनेकै ८ वर्ष भइसक्यो। यसको हल कसरी हुन्छ त? जवाफ दिनुपर्दैन?’
उपमहासचिव जजर्नादन शर्माको अभिव्यक्तिबारे मौन रहेकी उनले पार्टी अध्यक्षले नै पार्टी फुट्छ भन्दै हिँड्न नुहने सुझाव दिइन। ‘अध्यक्षले पनि त पार्टी फुट्छ भन्दै हिँड्नु भएन,’ उनको भनाइ छ।
Shares

प्रतिक्रिया