राजनीति


माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक

माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक

नेपालखबर
साउन १७, २०८२ शनिबार ११:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।

पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो। 

बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो। 

बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना धारणा राख्नेछन्। 

माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ सदस्य छन्। 

बैठकको पहिलो दिन शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले समसामियक राजनीतिक विषयमा ब्रिफिङ गर्दै केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गरेका छन्। 

बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएका विषयमा पनि स्थायी समिति सदस्यहरूले मत राख्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad