राजनीति


प्रचण्डको ब्रिफिङ- समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ

प्रचण्डको ब्रिफिङ- समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँगको एकताको छलफल सकारात्मक रहेको बताएका छन्।  जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे जानकारी गराएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

'समाजवादी मोर्चालाई केन्द्रमात्रै होइन प्रदेश प्रदेशमा कुरा लैजानुपर्छ मोर्चालाई पार्टी एकतामा लैजानुपर्छ सकारात्मक भइरहेको छ' प्रचण्डलाई उदृत गर्दै सापकोटाले भने।  


आजको बैठकमा प्रचण्डले सरकार हरेक हिसाबले असफल भइरहेको बताएको सापकोटाले जानकारी दिए। 

'आजको बैठकमा आन्तरिक र बाह्य परिस्थितिबारे अध्यक्षले ब्रिफ गर्नुभयो अन्तर्राष्ट्रिय विषयमा विभिन्न युद्ध भइरहेको छ। अस्थिर भइरहेको छ भन्ने कुरा गर्नुभयो,' उनले भने, 'देशभित्रको चाहिँ राष्ट्रिय जीवनको हरेक क्षेत्रमा असफल भइरहेको छ। यो सरकार जसरी रहस्यमय तरिकाले बनेको थियो त्यसै गरी कुरा सुशासनको कुरै छोडौँ आफ्नोलाई जोगाउने अरुलाई छानिछानि प्रतिशोध साँधिरहेको छ। सदनबाट यसलाई भण्डाभोर गर्नुपर्छ। सडकबाट पनि भन्नुभयो।'

रणनैतिक हिसाबले समाजवादी आधार तयार गर्नेबारे पनि बैठकमा प्रचण्डले ब्रिफिङ गरेको उनको भनाइ थियो। 

त्यस्तै यसअघिको हुलाकी राजमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै अर्को अभियान भदौ १५ गते लमजुङबाट सुरु गरेर असोज अन्तिममा पाँचथरमा टुंग्याउने गरी गर्ने तय भएको सापकोटाले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad