नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोजको तेस्रो साताका लागि केन्द्रीय समिति बैठक बोलाउने प्रस्ताव गरेको छन्।
शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिको नयाँ मिति प्रस्ताव गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापाकोटाले नेपालखबरलाई जानकारी दिए।
‘केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने अध्यक्षले प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘यसमाथि अब भोलि (शनिबार)बस्ने बैठकमा छलफल हुन्छ।’
पुस २३ गते सकिएको केन्द्रीय समिति बैठकले २०८२ असारमा बैठक बस्ने र आयोजक समिति बनाएर मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तर, असारको मिति गुजारेपछि प्रचण्डले नयाँ मिति प्रस्ताव राखेका हुन्। अभियान, विभिन्न पार्टीसँगको एकता लगायतले यसअघि निर्धारण गरेको मिति सरेको सापकोटाको भनाइ छ।
उपमहासचिव जनार्दन शर्माले तत्काल केन्द्रीय समिति बैठकको मिति तोक्न र विशेष महाधिवेशन तोक्न आग्रह गरेको दुईदिन मात्र भएको छ। माओवादी स्थायी समिति बैठकमा भोलिदेखि नेताहरूले एजेण्डामाथि केन्द्रीत रहेर धारणा राख्ने रेखा शर्माले बताईन।
Shares

प्रतिक्रिया