राजनीति


कोरोना संक्रमणविरुद्ध जनप्रतिनिधिको भूमिका खोज्दै संसदीय समिति

कोरोना संक्रमणविरुद्ध जनप्रतिनिधिको भूमिका खोज्दै संसदीय समिति

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १३:१०,

मंगलबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सांसदहरुले खेल्न सक्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बसेको हो। 

कोभिड-१९ को प्रभाव नेपालमा पनि परेको र संसद अधिवेशन अन्त्य भएको अवस्थामा सांसदहरुलाई कसरी उत्तरदायि बनाउने भन्ने विषयमा छलफल भएको छ। बैठकमा दलका प्रमुख सचेतकहरुले सरकारी प्रयासहरु सकारात्मक भएपनि केही सुधार गर्नुपर्ने कुराहरु औँल्याएका छन्। नीतिहरु कार्यान्वयनका सन्दर्भमा सरकारको ध्यान पुग्न नसकेको विषयमा सरोकारवाला समितिहरुले आवश्यक परामर्श दिने, बैठक बस्न नसक्ने अवस्थामा फोनबाटै भएपनि सम्बन्धित सभापतिहरुले सरकारर्लाइ परामर्श दिनुपर्ने विषय बैठकमा उठेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले बताए।

कोरोना विरुद्धको अभियानमा सांसदहरुपनि जोडिएका छन् भन्ने सन्देश दिनुपर्ने, सरकारी निर्णय कार्यान्वयनको सन्दर्भमा ध्यानाकर्षण गराउने विषय पनि बैठकमा उठेको उनले बताए। सरकारले गठन गरेका विभिन्न समितिहरुले नीति निर्माण तहमा सुझाव सल्लाह र पराशर्म दिने भएपनि कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका सांसदहरुले समन्वय गरेर आवश्यक परामर्श दिन सक्ने संयन्त्र बनाउन पनि उनले सरकारलाई आग्रह गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना भाइरस संक्रमित बाहेकका विरामीहरुको उपचारमा पनि सरकार गम्भिर हुनुपर्ने बताए। महामारी नियन्त्रणका लागि पहिलो पंतिमा रहनेहरुको आत्मबल बढाउने र सुरक्षाका लागि राज्य गम्भीर हुँदै त्यसका लागि आवश्यक कदम चाल्नुपर्ने, आवश्यक औषधि उपकरणको व्यवस्था गर्नुपर्ने र सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बताए। सभामुखको तर्फबाट प्रधानमन्त्री र उच्च स्तरीय समितिका पदाधिकारीहरुलाई समय समयमा झकझकाउनु पर्ने उनले बताए।

बैठकमा सांसदहरुलाई राज्यको प्रकृयामा कसरी सहभागि गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ। सांसद विकास कोषको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने किन नराख्ने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad