कारोबार


आईएमएफको भविष्यवाणी: विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिँदा नेपालको वृद्धिदर २.५ प्रतिशत

आईएमएफको भविष्यवाणी: विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिँदा नेपालको वृद्धिदर २.५ प्रतिशत

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १३:२६,

अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ) ले यो वर्ष विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने भविष्यवाणी गरेको छ।

यो सन् २००९ को आर्थिक मन्दीभन्दा धेरै गुणा ठूलो हो। सो वर्ष ०.१ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो।

नेपालमा भने यो वर्ष २.५ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने आईएमएफको अनुमान छ। सन् २०२१ मा नेपालको वृद्धिदर ५ प्रतिशत हुने सो संस्थाको प्रक्षेपण छ।

imf-nepal.JPG

सन् २०२१ मा अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि हुने आईएमएफकाे वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा जनाइएको छ। 

अमेरिकाको अर्थतन्त्र ५.९ प्रतिशतले खुम्चिने आईएमएफको भविष्यवाणी छ। त्यस्तै युरो प्रयोग गर्ने १९ युरोपेली मुलुकमा ७.५ प्रतिशत, जापानमा ५.२ प्रतिशत र बेलायतमा ६.५ प्रतिशतले अर्थतन्त्र खुम्चिने जनाइएको छ।

चीनले भने यो वर्ष १.२ प्रतिशत वृद्धिदर कायम राख्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad