सांसद दीपक बोहोराको निधन भएपछि रिक्त रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।
निर्वाचन आयोगले उक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ।
त्यहाँका लागि एक महिलासहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न एमाले महासचिव शंकर पोखरेलले जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका हुन्।
पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ।
एमाले केन्द्रीय कार्यालयका प्रमुख भीष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्र पठाई भदौ १५ भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन दिइएको छ।
मातहतका कमिटीबाट आएका नाममध्ये एमाले केन्द्रीय सचिवालयले एउटा नाम अनुमोदन गर्ने अधिकारीले बताए।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा एमालेको समर्थनमा उठेर राप्रपाबाट विजयी बोहोरा चैत १९ गते बितेपछि सो पद रिक्त भएको हो।
Shares

प्रतिक्रिया