विषय केन्द्रित बहस गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंशा गरेका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गर्दै ओलीले सदस्यहरूको प्रशंसा गरेका हुन्।
ओलीले सभालाई सम्बोधन गर्नुअघि सदस्यहरूको बहस सुनेका थिए। ‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ। सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो त्यस्तै भएको छ’ ओलीले भने।
‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ। ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ। सबै वेल प्रिपेयर्ड बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु’ उनले भने।
Shares

प्रतिक्रिया