कारोबार


चेम्बरको हीरक जयन्तीमा बृहत् स्वास्थ्यशिविर

चेम्बरको हीरक जयन्तीमा बृहत् स्वास्थ्यशिविर

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:३७, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परीक्षणअन्तर्गत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए। 

मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए।

बृहत् स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा बृहत् स्वास्थ्य परीक्षणलगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरे। 

महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुने गरी उद्यमी र व्यावसायिक गतिविधि समेत गर्दै अघि बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए। 

स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्यलाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए।

साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad