नेकपा (एमाले) ले गत स्थानीय तहमा पार्टीले जितेका ७ मध्ये एउटा वडामा मात्रै उपचुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने बताएको छ।
यही साउन ५ र ६ गते सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकपछि आइतबार (साउन १२ गते) अन्तरपार्टी निर्देशन–१२ जारी गरी एमालेले यस्तो समीक्षा गरेको हो।
३० पेज लामो अपानीमा पहिले जितेका अधिकांश वडामा जित्न नसक्नु कमजोरी भएको भन्दै यसप्रति सचेत हुँदै जनप्रतिनिधिमुलक निकायको काममा विशेष ध्यान दिन निर्देशन दिएको छ।
‘स्थानीय तहमा हामीले चुनाव जितेका ७ वडामा पुनः चुनाव भएकोमा एउटामा मात्र पुनः चुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने देखिन्छ। परिणाम पहिलेको भन्दा राम्रो भए पनि पहिले जितेका धेरै ठाउँ गुम्नु राम्रो संकेत होइन। यसप्रति सचेत हुँदै जनप्रतिनिधिमुलक निकायको काममा विशेष ध्यान दिनुपर्ने भएको छ’ अपानीमा भनिएको छ, ‘यस सन्दर्भमा पार्टी केन्द्रीय कार्यालय र स्थानीय विकास विभागको तर्फबाट प्रयास हुँदै आएको छ। निर्वाचन विभागले पनि निर्वाचनको तयारीको कामलाई योजनाबद्ध बनाउने प्रयास गरिरहेको छ।’
एमालेले अब हुने उपनिर्वाचनमा सचेत बन्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ। रूपन्देही ३ प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएको, मनाङमा सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि प्रदेशसभाको निर्वाचन हुने सम्भावना रहेको र रिक्त रहेका वडामा पनि यसै वर्ष पुनः चुनाव हुने सम्भावना रहेकोमा त्यसको तयारीमा योजनाबद्ध रूपमा जुट्न अपानीमार्फत भनिएको छ।
अपानीमा भनिएको छ, ‘आमनिर्वाचन पश्चात् तीनवटा उपनिर्वाचन सम्पन्न भएका छन्। सुरूको निर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको थियो। तत्पपश्चात् सम्पन्न भएको ईलाम र बझाङमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै ठाउँमा नेकपा एमाले ले विजय हासिल गरेको थियो। स्थानीय तहका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले पहिलेको तुलनामा राम्रो परिणाम ल्याउन सफल भए पनि अपेक्षाअनुरूपको परिणाम भने ल्याउन सकेन। त्यसमाथि पहिले जितेका अधिकांश वडामा जित्न नसक्नु कमजोरीको विषय हो। त्यस प्रकारको अवस्थाप्रति सम्बन्धित तहको पार्टीपंक्ति सचेत हुनु पर्दछ।’
यस्तो छ अपानीको पूर्णपाठ :
Shares

प्रतिक्रिया