राजनीति


नेपाल-भारतबीच सुपुर्दगी सन्धि हुन लागेको झलनाथ खनालको दाबी

नेपाल-भारतबीच सुपुर्दगी सन्धि हुन लागेको झलनाथ खनालको दाबी

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८२ शनिबार १६:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)सम्मानित नेता झलनाथ खनालले नेपाल-भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुने जिकिर गरे।

‘अहिले मैले के सुनिरहेको छु भन्दा नेपाल र भारतका बीचमा सुपुर्दगी सन्धी हुँदैछ,’ खनालले भने, ‘सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ। यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ।’

उनले कोसी उच्च बाँधको कुरा पनि आइरहेको भन्दै त्यसबारे नेपाली जनताले थाहा पाउनुपर्ने उल्लेख गरे। ‘कोसी उच्चबाँधको कुरा आइरहेको छ, यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ,’ खनालले भने, ‘नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ। नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन? हामीले शारदा सम्झौता, गण्डक सम्झौता गर्‍यौँ, पछि टनकपुर सम्झौता गर्‍यौँ, ती कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन्। यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरू बाँधिनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad