राजनीति


भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन सक्दैन : खनाल

भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन सक्दैन : खनाल

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८२ शनिबार १५:१५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही विचार नभइकन एकतावद्ध गर्न नसकिने उल्लेख गरे।

‘कम्युनिष्टहरू एकतावद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो,’ खनालले भने, ‘तर भवनाले मात्रै एकता पक्कै हुँदैन। सही विचार नभइकन एकतावद्ध गर्न सकिँदैन। सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आइपुग्यौँ।’

उनले थपे, ‘यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ। हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो। मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ। माक्र्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो।’

नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पूँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad