राजनीति


शिक्षा विधेयक लामो समय अड्काएर राख्न दिँदैनौँ : प्रचण्ड

शिक्षा विधेयक लामो समय अड्काएर राख्न दिँदैनौँ : प्रचण्ड

नेपालखबर
साउन १०, २०८२ शनिबार १५:४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसद्मा प्रस्तुत गर्नेप्रतिवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म प्रस्तुत नगरेको आरोप लगाए।

‘असार १५ भित्र विद्यालय शिक्षा ऐन बनाइन्छ भनेर सरकारले गरेको कमिटमेण्ट र हामीले ठूलो विचार र बहसबाट गरेको समझदारीका विपरित फेरि चलखेल भएको छ,’ प्रचण्डले भने, ‘त्यसलाई लट्काउने अनेक कसरत भएका छन्। तर सरकार यसमा सफल हुनेछैन। अन्ततः हामीले जुन लडाईं सुरु गरेका छौँ, हामी सफल हुन्छौँ। हामी त्यसलाई छोड्नेवाला छैनौँ। यो मुद्दा सरकारले जालझेल गरेर रोकिराख्नसक्ने छैन। भलै तपाईंहरुले सोचे जस्तो नहुनसक्ला। शिक्षकहरुलाई पूरै बेइमानी र धोका हुन दिइनेछैन।’


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad