राजनीति


उपेन्द्रको प्रश्न- भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो?

उपेन्द्रको प्रश्न- भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो?

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:३४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले मधेसको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। 

मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे। ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पनन गरेको छ, अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानुन पनि ल्याउँदैछ,’ यादवलले प्रश्न गर्दै भने, ‘यो कस्तो नीति हामी अंगाल्दैछौं?’

उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गरे। चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत उनले सरकारको ध्यानाकर्षण गराए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad