समाज


चन्द्रागिरिबाट ६ किलो चरेशसहित महिला पक्राउ

चन्द्रागिरिबाट ६ किलो चरेशसहित महिला पक्राउ

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:४२, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौंले औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेकी महिलामाथि शंका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो परिमाणको चरेश फेला परेको हो।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका २ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका ९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगर रहेकी छन्।

उनले साथमा बोकेको रातो रंग भएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ १२ थान तौल गर्दा ६ केजी बरामद गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपील राज बोहराले बताए। 

उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad