राजनीति


मोहन बस्नेतलाई सीडीओले प्रमुख अतिथि बनाएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ

मोहन बस्नेतलाई सीडीओले प्रमुख अतिथि बनाएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार १४:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागी भएको विषयमा सरकारसँग जवाफ माग गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्बनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गरेकी हुन्। 

बिहीबार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागी भएका थिए। 

सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्बित सांसदले सरकारी कार्यक्रममा सहभागी हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गरे। 

‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो। साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो,' उनले भने, 'त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो? जान्न चाहान्छु। प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो। त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु। ’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad