राजनीति


विद्या भण्डारीलाई पार्टीमा स्वागत गरियोस्: एमाले नेता न्यौपाने

विद्या भण्डारीलाई पार्टीमा स्वागत गरियोस्: एमाले नेता न्यौपाने

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:१८, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किँदा पार्टी नै बलियो हुने बताएका छन्। 

जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेता न्यौपानेले भण्डारीको सदस्यताको विषयमा विवाद गर्न नहुने बताएका हुन्।  

'विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी बलियो नै हुन्छ। राष्ट्रपति बनाउने निर्णय पार्टीले गरेको हो। उहाँले त्याग्नु भएको सदस्यताको कुरा प्राविधिक कुरा हो। त्यसैले उहाँको पार्टी सदस्यतालाई विवादको विषय नबनाइयोस्। उहाँलाई पार्टीमा स्वागत गरियोस्।'  

विद्या भण्डारी पछिल्लो समय घोषणा गरेरै सक्रिय राजनीतिमा लागेकी छन्। एमालेमा उनको सदस्यता नवीकरणको विषयमा विवाद छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad