राजनीति


एमाले बैठकमा ४ प्रदेशका केन्द्रीय सदस्यले राखे धारणा, कोसीको यस्तो सुझाव

एमाले बैठकमा ४ प्रदेशका केन्द्रीय सदस्यले राखे धारणा, कोसीको यस्तो सुझाव

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:१६, काठमाडौँ

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। आजको बैठकमा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्।
 
बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दीपक कार्की, रामलाल साह, युवारज बास्कोटाले आफ्ना भनाइ राखेका हुन्।

यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखेको बताइएको छ।

बैठकमा केन्द्रीय सदसय युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौँमा बिताउने गरेको, स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए।

उनले पार्टीबाट पठाएका जनप्रतिनिधीले निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरे।

बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गरे।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए। उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिए।

केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारी एक अर्काको सहयोगी भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने धारणा राखे।

अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ। हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले हिजै धारणा राखिसकेका छन्। 

बैठकमा  विधान मस्यौदा प्रस्तावका विषयमा छलफल भइरहेको छ। केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संशोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad