नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन्।
‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ,’ मगरले भने, ‘किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ। भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ। र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ। एक जना मन्त्रीलाई निकाल्नुभयो। अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ। उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन?’
Shares

प्रतिक्रिया