सत्तारुढ नेकपा (एमाले)को जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सुरु भएको छ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्।
बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजिव पहारी, पदम गीरी,रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत,नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका हुन्।
अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटव्युरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेको बताइएको छ। केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए।
अर्का केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरे। पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताए।
उपाध्यक्ष एवं विधान संशोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्तावकाका विषयमा जानकारी गराएका थिए।
Shares

प्रतिक्रिया