राजनीति


मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

नेपालखबर
साउन ४, २०८२ आइतबार २०:३, काठमाडौँ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्।  काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।  

उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभ‍सम्बन्धी कसुरमा जाहेरी दिएका छन्। 

काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो। उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।  

घटना २०८१ जेठ ४ गतेको भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो।  प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

पुर्जी जारी भएको थाहा पाएपछि अहिराज फरार थिए। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए। उनी केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा एमालेको कोटाबाट मधेस प्रमुख भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad