प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल जारी छ। भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै विकसित घटनाक्रमबारे छलफल गर्न दुई नेता एमाले केन्द्रीय कार्यालयमा जुटेका हुन्।
दिउँसो ३ बजेदेखि नै दुई नेताबीचको छलफल हुने भनिए पनि भण्डारी ३:३० बजे मात्रै च्यासल पुगेकी थिइन् भने ओली ४ बजे।
च्यासलमा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे, कार्यालय सचिव डा भीष्म अधिकारीलगायतले स्वागत गरे। भण्डारी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे कार्यकक्षमा छिन्। ओली भने अझै पुगिसकेका छैनन्।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै यसलाई टुंग्याउनुपर्ने 'म्यान्डेट'अनुसार ओलीले भण्डारीसँग छलफल गरेका हुन्।
यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।

Shares

प्रतिक्रिया